काठमाडौं । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीचको बैठकले सीसीएमसीको निर्णयअनुसार माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरिने भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनपर्ने व्यवस्था गर्न भनेको छ । हवाइजहाजमा यात्रा गर्ने यात्रुका लागि टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनु पर्ने व्यवस्था कार्यान्वयनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई दिएको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।

बैठकले राष्ट्रिय परिचय पत्र र ई–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय गरेको छ।

विदेशबाट नेपाल भित्रिने स्थल नाकामा एन्टिजेन परीक्षण गर्ने र खोप नलाएकालाई खोप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको कोइरालाले बताए।