
काठमाडौं । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । अहिलेसम्म परीक्षा सुरु भएको छैन ।