काठमाडौँ । नेपाल आयाल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईले पाएका छन् ।

निगमको नायव कार्यकारी निर्देशक पदमा कार्यरत उनलाई बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

नयाँ कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि उनलाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरेर बिदा लिएपछि एक सातादेखि निगममा कार्यकारी निर्देशक पद रिक्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय