झापा । कचनकवल गाउँपालिका- ५ स्थित स्टार इँटा उद्योगमा कार्यरत एक भारतीय महिला मदजुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चित बंगालका ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार दिउँसो १२ बजेर २० मिनेटमा इँटाभट्टाको चिम्नी लिप्ने क्रममा इँटा र माटोले च्यापिएर खातुन गम्भिर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको र उनको उपचारको क्रममा दिउँसो १ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
कचनकवलमा ६ वटा इँटाभट्टा सञ्चालनमा रहेको छ । त्यहाँ कायरत श्रमित अधिकांश भारतीय नागरिक हुन् । बर्षेनी त्यहाँका इँटाभट्टामा अकालमै श्रमिकले ज्यान गुमाउनु परेको स्थानीयबासी बताउँछन् । टाइम्स अफ प्रदेश बाट



