काठमाडौँ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई निर्देशन दिएको छ।

आयोगले हालसालै राप्रपालाई पत्र लेख्दै विधानमा उल्लेख भएको राजसंस्था र हिन्दूराष्ट भन्ने शब्द सात दिनभित्र हटाउन निर्देशन दिएको हो । राप्रपाले हालसालै गरेको एकताको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दलसम्बन्धी ऐन बमोजिम गत पुस १० अद्यावधिकका लागि आयोगमा पठाएको थियो।

आयोगले राप्रपाको विधानसहित नयाँ विवरणमाथि अध्ययन गर्दै ती विषय संविधानविपरीत रहेको ठहर गरेको हो ।

आयोगले राप्रपालाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दूराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मन्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्न निर्देशन दिएको हो ।

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको छ। हालै सम्पन्न महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्। आयोगको निर्णयप्रति पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित रहेको दाबी गर्नुभएको छ । आयोगको निर्देशन स्वीकार गर्न नसकिने उहाँले प्रष्ट पार्नुभएको छ । थापाले पार्टी नेतृत्वले आयोगको पत्र लुकाएको भन्दै विरोधसमेत जनाउनुभएको छ ।

त्यस्तै निर्वाचन आयोगले राप्रपाको झण्डामा रहेको गाई पनि हटाउन निर्देशन दिएको छ। राष्ट्रिय जनवार गाईंलाई पार्टी विशेषले प्रयोग गर्न नपाउने उल्लेख गर्दै आयोगले झण्डासमेत फेर्न भनेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah