काठमाण्डाै – राइड शेयरिङ कम्पनी पठाओले गएको शनिवार राति अपहरणमा परेका पठाओ राइडरले अफलाइनमा बार्गेनिङ गरेर यात्रु बोकेको स्पष्ट पारेको छ ।

पठाओको नियम अनुसार यात्रु र चालक दुवैले अनलाइनमार्फत पारदर्शी कारोबार गरेर सेवा लेनदेख गर्नुपर्ने भए पनि शनिवार राति अपहरणमा परेका प्रविण राईले पठाओ एपको प्रयोग नगरि अफलाइनमा यात्रुसँग बार्गेनिङ गरेर सेवा दिएको र नियमभन्दा गलत रहेको कम्पनीले जनाएको छ ।

घटना भएको समयमा लिइएको राइड पठाओको अनलाइन राइड नभएको देखिएको र यस्तो राइड सुरक्षित र सुनिश्चित दुवै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न आफूहरुले बारम्बार सेवाग्राही र राइडर दुवैलाई सुझाउँदै आएको कम्पनीले जनाएको छ।

‘पठाओ मोबाइल एपको विवरण अनुसार अपहरण र लुटपाटमा पर्ने व्यक्ति प्रविन राईले यस घटना हुनु अगाडि याे दिनमा सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिन्छ । रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुङ्गिएको छ ।

‘कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन । यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन । पठाओ चालकले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो’ पठाओले भनेको छ ।

पठाओ अनलाइन राइड सेयरिङ प्लाटफर्म हो । पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुकिङ गर्न आवश्यक हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुवैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको ठाउँको विवरण पठाओको एपमा उपलब्ध हुन्छ ।

सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरी राइड लिने प्रवृत्तिदेखि सावधान हुनु आवश्यक रहेको भन्दै कम्पनीले मोबाइल एप मार्फत राइड रिक्वेस्ट नगरि वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा संवेदनशीलता बढ्ने जनाएको छ । अफलाइन राइड लिँदा यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्नेतर्फ पठाओले सचेत गराएको छ ।

अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ । याे जानकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुने कम्पनीले जनाएको छ। उज्यालो अनलाइन बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv