नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव २०७९ चैतमा गर्न प्रस्ताव गरेका छन्।
२०७४ सालमा वैशाख, असार र असोजमा चुनाव भएको थियो। निर्वाचन परिणाम ७ असोज २०७४ मा आएकाले त्यसको ६ महीनापछि अर्थात् २०७९ चैतमा गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए।रामेछापमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, “असोजमा चुनाव सम्पन्न भएकाले त्यसको ६ महीना अर्थात् २०७९ चैतसम्ममा चुनाव गर्नुपर्छ।”
निर्वाचन आयोगले आगामी वैशाखमा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरिरहेका वेला पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले स्थानीय चुनाव एक वर्ष सार्न प्रस्ताव गरेका हुन्।
प्रमुख प्रतिपक्षीप्रति आक्रामक देखिएका अध्यक्ष नेपालले नेकपा (एमाले) ले संविधानको अक्षर र भावनालाई समाप्त पार्न लागेको आरोप लगाए। उनले भने, “एमाले सकारात्मक शक्ति नै होइन, नकारात्मक शक्ति हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah