राष्ट्रियसभाको निर्वाचन अन्र्तगत कर्णालीमा पनि मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एक सय १५ मत खसेको छ । जसमध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसद रहेका छन् । कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ९१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीबाट राष्ट्रियसभाका सांसदका लागि गठबन्धनतर्फ तर्फबाट नेपाली काँग्रेसबाट दुर्गा गुरुङ, नेकपा माओवादीबाट नरबहादुर विष्ट र नेकपा एकीकृत समाजबादीको तर्फबाट उदयबहादुर बोहोराले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट चुडामणि शर्मा, पदमबहादुर माझी र गंगाबहादुर थापाले उम्मेदवारी दिएका छन् ।
कर्णालीमा एक सय १५ मत खस्यो
सवालनेपालसंवाददाताबुधबार, १२ माघ २०७८

कर्णालीमा एक सय १५ मत खस्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



