
राष्ट्रियसभाको निर्वाचन अन्र्तगत कर्णालीमा पनि मतदान सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एक सय १५ मत खसेको छ । जसमध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसद रहेका छन् । कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ९१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीबाट राष्ट्रियसभाका सांसदका लागि गठबन्धनतर्फ तर्फबाट नेपाली काँग्रेसबाट दुर्गा गुरुङ, नेकपा माओवादीबाट नरबहादुर विष्ट र नेकपा एकीकृत समाजबादीको तर्फबाट उदयबहादुर बोहोराले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट चुडामणि शर्मा, पदमबहादुर माझी र गंगाबहादुर थापाले उम्मेदवारी दिएका छन् ।