काठमाडौ । निर्वाचन आयोेगले राप्रपालाई निर्वाचन चिन्ह देखि पार्टीको विधानमा उल्लेख भएका केही प्रावधान हटाउन निर्देशन दिएको छ । राजनीतिक दलका विधानमा प्रयोग भएका शब्दावली र चिन्ह प्रति प्रश्न उठाउँदै हटाउन निर्देशन दिएपछि यता नेकपा एमालेलाई पनि समस्या पर्ने भएको छ । राप्रपालाई गाई चिन्ह, राजतन्त्र र हिन्दुराज्य विधानवाट हटाउन निर्देशन दिएपछि राप्रपा समस्यामा परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई विधानबाट हिन्दुराष्ट्र, राजसंस्था र झण्डामा प्रयोग भएको गाई तस्बिर हटाउन निर्वाचन आयोगले हालै पत्र पठाएको छ । राप्रपा अहिले पार्टी भित्र छलफलमा छ । पत्रमा आयोगले भनेको छ,‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्नु’ भन्ने वाक्य हटाउनु ।त्यस्तै, पार्टी झन्डामा प्रयोग गरिएको गाईको तस्बिर हटाएर अनुसूची संशोधन गर्न पनि राप्रपालाई आयोगले निर्देशन गरेको छ ।

आयोगको निर्णयपछि तात्तिएको राप्रपाले यसरी पत्र पठाउनु संविधान र कानुनविपरित रहेको ठहर गरेको छ ।विगतमा पार्टीले प्रयोग गर्दै आएको यही वाक्य र तस्बिरलाई मान्यता दिएको आयोगले अहिले कुन प्रतिशोधमा प्रश्न उठायो राप्रपाले आयोगमाथि प्रतिप्रश्न गरेको छ ।

आयोगले अनावश्यक दवाव दिएमा अदालतसम्मै पुग्ने राप्रपाको तयारी छ ।मुलतः राप्रपाले प्रयोग गरेको वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएको र गाई चिन्ह राष्ट्रिय चिन्हसँग जुधेको भन्दै हटाउन आयोगले पत्र पठाएको हो ।यो प्रश्न आयोगले राप्रपालाई मात्र उठाएको भए पनि राप्रपाले गाई प्रयोग गर्न नपाउने भए नेकपा एमालेले राष्ट्रिय झण्डामा प्रयोग भएको सूर्य चिन्ह पनि नपाउनुपर्ने कतिपय नेताहरुको भनाइ छ ।

अहिले आयोगका कारण एमाले र राप्रपा जुध्ने अवस्था छन् । के अब एमाले पनि सूर्य चिन्ह हटाउन तयार हुन्छ त ? वा आयोगको ध्यान जान्छ ? प्रश्न उब्जीएको छ ।यसअघि नै आयोगले नेकपा माओवादी केन्द्रलाईसमेत यस्तै पत्र पठाएको थियो ।

माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्गसंघर्ष र जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो ।जसका प्रतिसमेत माओवादी रु ष्ट थियो । एकपछि अर्को दलहरुलाई आयोगले केस्राकेस्रा केलाएर केरकार गर्न थालेपछि राजनीतिक दल र आयोगबीच द्व न्द्व को अवस्था श्रृजना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah