पर्सामा २ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा दुवैजना पुरुष रहेका छन् ।वीरगञ्जस्थित नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगर का ७३ बर्षीय पुरुषको आज बिहान ४ः३० बजे उपचारको क्रममा मृ’त्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।स्वाश प्रश्वासमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

संक्रमितको अवस्था झन जटिल बन्दै गएपछि भेन्टीलेटरमा राखेर उपचार भईरहेकोमा आज बिहान मृ’त्यु भएको डाक्टर सिंहले बताए ।मृ’तक पुरुषले यसअघि कोरोना संक्रमण विरुद्धको कोभिसिल्ड खोपको दुई डोज समेत लगाएका थिए ।यस्तै नारायणी अस्पतालमै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृ’त्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको र आज बिहान ७ः३० बजे उपचारको मृ’त्यु भएको हो ।मृ’तक पुरुषले यस अघि कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको दुई डोज समेत लगाएका थिए । कोरोनाको तेस्रा लहरमा हालसम्म वीरगञ्जमा ६ जनाको मृ’त्यु भएको । हाल वीरगञ्जको नारायणी अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

जसमध्ये ६ जनाको अवस्था गम्भिर रहेको कोभिड संयोजक डा सिंहले बताए ।तेस्रो लहरमा मृ’त्यु भएका ६ जनामा नै कोभिड निमोनिया दिएकोले वीरगञ्जमा ओमिक्रोन संगसंगै डेल्टा भेरिएन्टको संक्रमण पनि हुनसक्ने चिकित्सकहरुले आशंका गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय