बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने गेरुवा नगरपालिकाका स्थानियबासिन्दा यतिबेला बाघ आ’क्रमणबाट एकदमै त्रासित छ्न । बाघले बस्तीमा पसेर दिनदहाडै पशु खाने गरेको छ भने मान्छेको समेत ज्या’न लिने गरेको छ । स्थानीयहरुले यसरी आफ्नो ज्या’न जो’खिममा राखेर हिडिरहदा पनि आफ्नो क्षतिबापतको राहत भने पाउन सकेका छैनन । मंसिर ८ गतेको कुरा हो, आफन्तसगको भेटघाटका लागि घर छोडेर हिडेका गेरुवा पशुपतिनगरका ४२ बर्षका पुरुष धनबहादुर सिंह त्यस दिनदेखी घर फर्किन पाएनन ।

गेरुवाकै जनकनगर गएका उनको बाघको आ”क्रमणबाट ज्या’न गयो । मंसिर २४ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रकै बा”घ”खो”र भन्ने ठाउबाट उनले लगाएका कपडासहित केही टुक्रा हाड फेला पर्यो ।आर्थिक अबस्था कमजोर रहेका धनबहादुरका आमा र श्रीमतीसहित दुई छोराहरु अझै शोकमा छ्न । राहतका लागि मृ’तक आफन्त र स्थानीय पटकपटक निकुन्जसम्म पुगे तर रित्तै फर्किए । स्थानिय सरकारले उपलब्ध गराएको पचास हजारबाहेक उनिहरुले केहि पाएनन ।

मृ’तकका आफन्त लालबहादुर सिंहले आफुहरुले राहतको आश्वासन त धेरै पाएको तर राहत भने कसैले नदिएको बताए । मृ”तककै आफन्त दिपक सिंहले भने आफुहरुले निकुञ्जको लागि भनेर ज्या’नको बाजि लगाएर काम गरेको तर निकुञ्जले हामिलाइ केही नदिएको उ”ल्टो हामिले आफ्नै दाजुभाइ दिदिबहिनी र परिवार भित्रकै मान्छे गुमाउनु परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय