काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आज आइतवार सिंहदरबारकाे आफ्नै मन्त्रालय प्राङ्गणमा सेवाग्राहीको गुनासो सुन्दै कल सेन्टरको शुभारम्भ गर्नुभएको हो । कल सेन्टरमा सेवाग्राहीहरूको गुनासो तत्काल सुन्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने [email protected] इमेलको पनि व्यवस्था गरिएको छ ।

नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढङ्गले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैँले कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘याे कल सेन्टरले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासको तत्काल सम्बोधन गर्नेछ । विगत एक महिनायता भिजिट भिसामा जानेहरूलाई बिचौलिया वा भनौँ न दलालहरूले अलपत्र पारेपछि पनि ती गुनासाहरूलाई तत्काल सम्बोधन गर्न मन्त्रालयमै कल सेन्टर शुभारम्भ गरिएको हो ।’

मन्त्री श्रेष्ठले झन्डै एक महिनायता भिजिट भिसामा गएकाहरूलाई बिचौलियाहरूले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुने गरी काम गर्न पनि कल सेन्टरको आवश्यकता महसुस गरिएको स्पष्ट पार्नुभयो । त्यस अवसरमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरूबाट ठगी गरिएको, असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि बिचौलियाहरूलाई अपिल गर्नुभयो । उहाँले त्यस काममा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

६ जना कर्मचारीले कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन् । मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो । उहाँले याे कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनीकरण गर्दै लैजाने विश्वाससमेत व्यक्त गर्नुभयो ।

याे कल सेन्टरमा वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टाेली पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
ksebecsekm.com