काठमाडौ । कोभिड संक्रमित हुने भन्दा अब निको हुनेको संख्या बढ्न थालेको छ । तेस्रो लहरको कोभिड ओमिक्रोन फैलिए संगै पछिल्लो दुई दिन यता निको हुनेको संख्या बढ्न थालेको छ । दिनहुँ १० हजार माथि संक्रमित थपिदै गएको अवस्थामा पनि दुई दिन यता संक्रमितको संख्या पनि घट्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ जनाको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो ।

९ हजार ९१० जनाको पीसीआर गर्दा ३०४९ र ३२३५ को एन्टीजेन परीक्षणमा ४९१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले आज ६३५९ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ । यो पछिल्लो २४ घण्टाको विवरण भने होइन । पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले विभिन्न अस्पतालबाट ढिलोगरि मृत्यु भएकाहरुको विवरण आएकाले आज अद्यावधिक गरिएको जनाएको छ । आज देशभरी ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो पनि, कोरोना भाइरस परीक्षण गरेको नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी अपिल गरेको छ। प्रयोगशाला बाहिर गरिएका कोभिड(१९ परीक्षणको नतिजाको जानकारी इमेलमार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो।‘कोभिड(१९ बढिरहेको सन्दर्भमा महामारी व्यवस्थापनका लागि संक्रमितहरूको यकिन तथ्यांक प्राप्त हुनु अपरिहार्य हुन्छ,’ अपिलमा भनिएको छ ।

‘संस्थागत, सूचीकृत गरेकोले, प्रयोगशाला बाहिर गरिएका कोभिड(१९ परीक्षणको नतिजाको जानकारी सरकारी निकायहरूलाई हालसम्म पनि जानकारी नगराउनु भएका संघ, संस्था, निकाय, नियोगहरूले परीक्षणको नतिजा इमेल तथा कल सेन्टरमार्फत् पठाउन अपिल गरिन्छ।’ इमेल वा १११५ नम्बरमा एसएमएस गरी दिन अपिल गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय