धनुषामा एक पेट्रोलियम कार्यालयमा कर्मचारी नृपबहादुर राईमाथि कुटपिट भएको छ । आइतबार धनुषाको गणेशमान चारनाथमा निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत एक कर्मचारीलाई दुई जनाले दिउँसै कुटपिट गरेका हुन् ।

उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा हुँदैछ । सो घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघले घोर भत्र्सना गर्दै छानविनको माग गरेको छ । मोटरसाईकलमा आएका दर्जनले कर्मचारी नृपबहादुर राईमाथि आक्रमण गरेको भन्दै संघले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न समेत उठाएको छ ।

संघले प्रचलित कानून बमोजिम दर्ता गरी संचालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान संचालन हुनै नदिने मनसाय राखी व्यापारिक प्रतिष्ठानमा गैरकानूनी रुपमा प्रवेश गरी कर्मचारीमाथि निर्घात कुटपिट गरी घाइते बनाएकोमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरी प्रशासन सक्षम नरहेको प्रमाणित भएको जनाएको छ ।

प्रहरी चौकी भन्दा २०० मिटरमात्र दुरी रहेको व्यवसायिक प्रतिष्ठानमा दिउँसै कर्मचारीमाथि कुटपिट भएको घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न संघको माग छ । संघले घाइते राइलाई क्षतिपूर्तिसहित उपचार खर्च भराउन र शान्ति सुरक्षाको व्यवस्था कायम राख्न समेत स्थानीय प्रहरी प्रशासनसँग माग गरेको छ । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले पनि आक्रमणमा संलग्नको खोजविन गरी कारवाही गर्न माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय