अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन र चुनावको मितिबारे छलफल भएको हो ।

गठबन्धनमा स्थानीय तहको चुनाव जेठमा गर्ने सहमति भएसँगै एमसीसीको विवाद बल्झेको छ । जेठमा चुनाव गर्ने गरी मिति घोषणा गर्न गठबन्धनले सुझाव दिए पनि सरकारले मिति घोषणा गर्न सकेको छैन ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव मिति घोषणा सँगसँगै एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका छन् । शनिवार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा देउवाले एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।

सोमवारको छलफलमा दुई नेताबीच चुनाव मिति घोषणा र एमसीसीबारे छलफल भएको स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah