सिन्धुपाल्चोककी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको झाँक्रीको कुटपिटबाटै मृ त्यु भएको भन्दै अदालतमा मु द्दा दर्ता भएको छ। माता भनिने उमा ठकुरीले झारफुकका क्रममा कुट पिट गर्दा बालिकाको मृ त्यु भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। स्वयम्भु प्रहरी वृत्तको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालतमा मु द्दा दर्ता गरेको हो।
गत पुस २४ गते उमाको झारफुक केन्द्रमा रोशनीको मृ त्यु भएको थियो । ४८ वर्षीया उमाको केन्द्रमा बेहोस भएकी रोशनीलाई मनमोहन अस्पताल लगिए पनि चिकित्सकले मृ त्यु भइसकेको घोषणा गरेका थिए। प्रहरीले सोही दिन माता भनिने उमालाई प क्राउ गरेको थियो। उमाकी सहयोगी बालिकालाई पनि प्रहरीले प क्राउ गरेको छ। दुवै जनावि रुद्ध ज्यानसम्बन्धी कसुरमा मु द्दा दर्ता भएको हो।
बिरामी भएपछि रोशनीलाई नागार्जुन नगरपालिका १ रानीवनस्थित उमाको आश्रममा पुस ३ गते उनकी आमा राधिकाले लगेकी थिइन्। उमाले निको बनाइछाड्ने भन्दै बालिकालाई आश्रममै राखेकी थिइन्। तर २३ गते राति रोशनी बेहोस भएको भन्दै परिवारलाई खबर गरिएको थियो। परिवार पुग्दा रोशनी होसमा थिइनन्। तत्काल अस्पताल लगे पनि उनको मृ त्यु भएको थियो।
रोशनीलाई निको पार्छु भनेर आफैँसँग राखेको र गम्भीर अवस्थामा पनि अस्पताल नलगेको, समयमै परिवारलाई थाहा नदिएका कारण यो अवस्था आएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। झारफुकका क्रममा बालिकालाई मुक्का एवम् त्रिशुलले समेत प्रहा र गरेको र झारफुकका क्रममा निरन्तरको कुटाइबाट बालिकाको ज्यान गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
उमाले गरेको कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १७८ को उपदफा (१) द्वारा निषेधित कसुर पुष्टि भएको भन्दै सोही अनुसारको सजाय माग गरिएको छ। यस्तो कसुर गरेको पुष्टि भए जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ। यस्तै पीडित परिवारलाई क्षतिपूर्ति समेत दिन मुद्दामा माग गरिएको छ।उमाले झारफुक गरेर निको पार्ने बहानामा कुटपिट र लापरबाही गरी मारेको भन्दै रोशनीका परिवारले किटानी जाहेरी दिएका थिए।
झाँक्री उमाको बयान :उमाको झारफुक केन्द्रमा काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाका बिरामीहरु धेरै जाने गरेका छन्। उनीहरुलाई आफूले निको पारेर पठाउने गरेको उमाले बयानका क्रममा समेत बताएकी छन्।उनले त्यहाँ झारफुक गरेर पठाएका बिरामीहरुलाई आश्रमको बारेमा प्रचार गर्न लगाउँथिन्। रोशनीका परिवारलाई पनि उनले त्यहाँ झारफुकबाट निको भएपछि त्यसैगरी प्रचार गरिदिन भनेकी थिइन्।
तर बयानमा उमाले आफूले झारफुकबारे प्रचार नगरेको जिकिर गरेकी छन्।‘मकँहा झारफुक गर्नका लागि विभिन्न रोगका बिरामी आउने गर्दथे, प्रायः निको भएर जान्थे। मैले उपचार गरिदिएबापत कुनै निश्चित रकम तोकेको छैन, आफुखुसीले दिन्थे,’ उमाले बयानमा भनेकी छन्। उमाले झारफुक गर्दा प्रायः बिरामीहरुको शरिरको भागमा रुद्राक्षको मालाले छुवाउने, आफ्नो हातले थपथपाउने र कुनै अलि बढी बिरामी भएकालाई आफुसँग रहेको त्रिशुलले शरिरमा छुवाउने थपथपाउने गरेको बताएकी छन्।
‘मैले कोही कसैलाई धातुले घोच्ने, रोप्ने, तर्साउने, प्रहार गर्ने केही कार्य गरेको छैन,’ उमाले बयानमा भनेकी छन्, ‘रोशनी श्रेष्ठलाई मेरो झारफुक केन्द्रमा उपचार गराउने क्रममा धुपबत्ती बाल्न लगाउने, माताको आरती गर्न लगाउने, ध्यान गर्न लगाउने गर्दथेँ। उनलाई अधिक रुपमा टाउको दुख्ने भई रोगले च्यापेमा चोखो पानी छर्किने, सुनपानी खुवाइदिने गरेपछि अलि टाठो हुने गर्दथिन्, त्यसपछि निजलाई पुनः जपध्यान गर्न लगाउथेँ।
निजलाई बेला बेलामा निको हुने आश्वासन समेत दिने गर्दथेँ।’माताको आश्रममा बालिकाको हत्याः ५ दिनअघि लिन जाँदा दिएनन्, मृत्यु भएपछि बेहोस भन्दै खबर आयो:रोशनीको पहिले आँखाको अप्रेसन गरिएको थियो। आमा राधिकाले रोशनीको टाउको धेरै दुख्ने, रिङ्गटा लाग्ने र ढलेर बेहोस समेत हुने बताएकी थिइन्।उमाले सुरुमा रोशनीलाई आफन्तले घरको सेती नाग उठाएर लगाएको कारणले बिरामी भएको बताएकी थिइन्।
निको पार्न लामो समय लाग्ने भन्दै रोशनीलाई आफ्नै आश्रममा छाड्न भनेकी थिइन्।पुस २३ गते रोशनी शौचालयमै बेहोस् भएर ढलेको उमाले बताएकी छन्। त्यसपछि उनले सहयोगी बालिकालाई हेर्न पठाएकी थिइन्। राति ७ बजेतिर रोशनीको केही मात्रामा होस् आए पनि तंग्रिन नसकेको उनीहरुले बताएका छन्। राति नै उमाले रोशनीकी आमालाई फोन गरेर जतिसक्दो छिटो आउन भनेकी थिइन्।
भोलिपल्ट बिहान साढे ६ बजे पुगेर आफन्तले अस्पताल लगेका थिए। गर्ने क्रममा कुनै लापरबाही नगरेको उमाको दाबी छ। उमाकी सहयोगी बालिकाले भने गाह्रो भएपछि झारफुकका क्रममा उमाले रोशनीको टाउकोमा हातले हिर्काएको बयान दिएकी छन्।



