झापा । मालपोत कार्यालय दमकमा कार्यालय प्रमुखसहित पाँच जना अधिकृत नहुँदा दैनिक कार्यसम्पादन प्रभावित बनेको छ । कार्यालय प्रमुख तारानाथ दंगाल र अन्य चार जना अधिकृत एकैसाथ कार्यालयमा नहुँदा नायव सुब्बाको भरमा सञ्चालन गर्नुपरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख दंगाल एक साता अघि काजमा मन्त्रालय तानिएका छन् भने अन्य चार अधिकृत यस अघि नै रिक्त रहेको बताइएको छ । चार अधिकृत मध्ये दुई जना मुद्दाका कारण निलम्बनमा र अन्य दुई अन्यत्र काजमा गएपछि समस्या हुँदै आएको बताइएको छ ।

कार्यालय प्रमुखसहित अधिकृत नहुँदा नियमित कामकाज गर्न मालपोत कार्यालय दमक नायव सुब्बाको भरमा सञ्चालन हुँदै आएको छ । अधिकृत नहुँदा जग्गाको जटिल प्रकृतिका कामका सेवाग्राहीहरू भने मर्कामा परेका छन् । मालपोत कार्यालय दमकले जिल्लाको माई पश्चिम क्षेत्र बासीको जग्गासम्बन्धी सरकारी सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah