काठमाडौ । कोभिड महामारीसंगै वैदेशिक रोजगारीमा जान वा एक ठाउँ वाट अर्को स्थानमा जानका लागि पीसीआर रिपोर्ट चाहिन्छ । पीसीआर रिपोर्टमा कोभिड नेगेटिभ देखिए मात्र यात्रा गर्न पाइन्छ । तर काठमाडौको एक अस्पतालवाट नक्कली पीसीआर रिपोर्ट लिएको खुलेपछि स्वास्थ्यकर्मी बर्खास्त भएका छन् । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन गरिएको थियो । छानबिन समितिको सिफारिसका आधारमा उनलाई बर्खास्त गरिएको पुष्टि भएको छ । ल्याब इन्चार्ज विनोद कुमार यादव बर्खास्तमा परेका हुन् । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीका अनुसार उनलाई भविष्यमा हृदय केन्द्रका लागी अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको छ ।

ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्राइभेट ल्याबको नाममा समेत कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने गरेको छानबिनबाट थाहा भएको छ । अख्तियारले गंगालाललाई यस विषयमा छानविन गर्न निर्देशन दिएपछि अस्पताल आफै समिति बनाएर छानविन गरेको हो । आयोगले उजुरीका आधारमा छानविन गर्न निर्देशन दिएको हो ।

आयोगले पनि सो उजुरीमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत रहे पनि यादवले त्रिवि शिक्षण अस्पतालको लेटरप्याड र ल्याब टेक्निसियनको हस्ताक्षर किर्ते गर्ने गरेको छानबिनबाट थाहा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर