काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कु’टिएका छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कु’ट’पि’ट गरेका हुन् । कु’टपिटबाट तीन जना घा’इते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घा’इ’तेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलिसकेको छैन । केही पी’डित व्यक्तिहरू मेनपावरमा गएका थिए । उनले भने,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कु’टपिट भएको देखिन्छ।’उनका अनुसार मेनपावरबाट पीडित भएका व्यक्तिहरूले पनि प्रहरीलाई जानकारी गराएका थिएनन् । घ’टना भएपछि प्रहरीको टोली घ’टनास्थल पुगेको थियो।

अहिलेसम्म कोही पनि प’क्रा’उ नपरेको प्रहरीले जनाएको छ।मेनपावर कम्पनीभित्र कु’ट’पिट भएको भिडिओ समेत बाहिरिएको छ। त्यस भिडिओमा एक जना व्यक्तिको टाउको फु’टेको देखिन्छ। यस्तै अर्का व्यक्तिमाथि भने लखेटेर कु’ट’पिट गरेको देखिन्छ।घ’टनाको महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर