काठमाण्डाै - गएरातिदेखि देशभर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाण्डौमा पनि गएराति मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि फेरि आकाशमा डम्म बादल लागेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिनभर काठमाण्डौ उपत्यका र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।

भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो।

तस्बिर : माैसम पूर्वानुमान महाशाखा