काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर वहादुर देउवालाई एमसीसीमा एमालेको समर्थन आवश्यक भए गठबन्धन तोड्नुपर्ने सर्त राखे । अहिले एमसीसीका विषयमा बढ्दो टकरावले सत्ता गठबन्धनमा संकट देखा परेको छ । माओवादी र एकिकृत समाजवादी यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा छन् ।उता सभामुख पनि कुनै हालतमा एमसीसी पास हुन नदिने पक्षमा देखिएका छन् ।

उनले दिएका सार्वजनिक अभिब्यक्ति त्यस्तै छन् । गठबन्धन भित्र एमसीसीका पक्षमा सहमति जुटाउन नसक्ने र एमालेले सहयोग गर्ने बचन दिएपछि गठबन्धन कमजोर हुँदै गएको छ । यता प्रमुख प्रतिपक्षी एमाललेले यसैलाई दाँउपेचको विषय बनाएको छ ।एमसीसीलाई नै आधार बनाएर गठबन्धन फुटाउने रणनीतिमा एमाले देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा पनि एमसीसी पास गर्ने दिसामा अघि बढेपछि सत्ता गठबन्धनमा टकराव बढ्दै गएको छ । एमसीसीका विषयमा गठबन्धनमा कोहि बाधक भए नयाँ समिकरण बन्ने कांग्रेस नेताहरुको अभिव्यक्तिका बीच एमसीसी टेवुल भएकै दिन गठबन्धन छाड्ने माओवादी केन्द्रले चेतावनी दिने गरेको छ । तर एमालेले भने यसैलाई आफ्नो दाँउपेचको विषय बनाएको छ ।

काठमाडौ । गठबन्धन विभाजित भए सभामुख हटाए एमसीसी पास गर्न सहयोग गर्ने र संसदको अवरोध हटाउने प्रस्ताव एमालेले गरेको बुझिएको छ । देउवामा देखिएको अहिलेकोे उल्झन र पहिलेबाटै एमसीसीको पक्षमा एमाले रहनुले पनि यसलाई पुष्टि गरेको छ ।

अर्थात अप्राकृतिक सिद्धान्तमा आधारित अहिले गठबन्धन कुनै वेला फुट्ने र नयाँ बन्ने समिरणमा ओली–प्रचण्ड एक हुनसक्ने कुरालाई कम आक्न नहुने डर देउवामा देखिएको हो । यहि डरमा एमालेले समेत खेलिरहेको छ । २०७४ मा कांग्रेस पराजित हुनुको पछाडि वाम गठबन्धन मुख्य कारण थियो । त्यसैले देउवा बाक गठबन्धन हुन दिन पक्षमा छैनन् ।

तर सरकारमा छँदै माओवादीले निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो । एमसीसीका कारण गठबन्धन फुटाए फेरी बाम एकता हुने र त्यसले आफुलाई नै समस्या पार्ने तिर पनि देउवा सचेत छन् । राजनीतिक विश्लेषकहरु भने एमालेभित्रकै यो दोहोरो चरित्र ओलीकै रणनिती भएको बताउछन । अर्थात सकेसम्म प्रचण्ड–नेपाललाई नै किनारा लगाउने दाउमा ओली रहेकोले तत्काल वामपन्थी गठबन्धन सम्भव नभएको उनीहरुको भनाई छ ।

पछिल्लो परिस्थीलाई माओवादी नेताहरुको चुनौतीको भाषा र नेपालको निरिहताले समेत एमसीसीमा सहमति बन्ने संकेत देखिएको छैन । माओवादी अध्यक्ष प्रचण्डले नै एमसीसी संसदमा टेवल हुने अघिल्लै दिन गठबन्धन छाड्ने संकेत देखाएका छन् । उनले आफ्नै पार्टी भित्रको दवाव थेग्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय