
बिर्तामोड-१ का डिकबहादुर विश्वकर्मा ३० कात्तिकमा दसैं मनाएर बिराटचोकबाट घर फर्कँदै थिए । उनी सवार मे८प ५२९८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको कारले दमक चोकमा ठक्कर दियो । ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चो’ट लाग्यो । खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । दु’र्घटनापछि उनले बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लामो उपचार गराए । उपचार गराउँदा उनको तीन लाख खर्च भयो । ‘ठ’क्कर दिएपछि खुट्टामा चो’ट लागेको छ ।
विएण्डसीले अस्पतालमै बसेर उपचार गराउनुभन्दै थियो । पैसा नएकाले मैले घर पनि नजिकै छ भनेर घरमै धाउन थाले,’ उनी भन्छन्, ‘ऋण काढेर निकालेको तीन लाख रकम सकियो । महँगो औषधी खाइरहनुपरेको छ । निकै गाह्रो छ ।’ठ’क्कर दिने कारको रंग थाहा छ उनलाई । तर, दु’र्घटनामा पर्दा उनले कारको नम्बर भने ख्याल गर्न सकेनन् । ‘दमकमा सेतो कारले ठक्कर दियो । कार हाइवे दक्षिणबाट आइरहेको थियो ।
ठ’क्कर दिएर कार भाग्यो,’ उनी भन्छन्, ‘त्यति देखेँ । त्यहाँबाट म बेहोस भएँ । केही थाहा छैन ।’ मध्य दिनको २ बजे उनलाई कारले ठ’क्कर दिएको थियो । ठ’क्कर लगत्तै इलाका प्रहरी कार्यालयमा उनले जाहेरी पनि दिए । तर, प्रहरीको बेवास्ता गर्दा कारको पहिचान हुन नसकेको उनको गुनासो छ । ‘प्रहरी कार्यालय त कति धाएँ-धाएँ । सिडिओ कार्यालयसम्म निवेदन पनि दिएँ,’ उनी भन्छन्, ‘प्रहरीले वास्ता नै गरेन । जसका कारण म स’मस्यामा छु ।’
डाक्टरले खुट्टाको अपरेसन गर्नुपर्छ भनेका छन् । तर, उनले आफूसँग रकम नभएकाले अप्रेसन गर्न सक्ने आट जुटाउन नसकेको बताएका छन् । ‘मलाई उपचार खर्च दिए हुन्छ भन्ने हो । उपचार नपाएर म अपाङ्ग हुन नपरोस् भन्ने हो । घ’टना भएको तीन महिना हुन लाग्यो । दु’र्घटना भएकै दिन जाहेरी दिएको थिएँ,’ विश्वकर्मा भन्छन्, ‘दमक चोकमा सिसिटिभी त होला नि ? कर कार्यालयमा होला ? प्रहरीले वास्तै गर्दैन ।’ उनले प्रहरीको बेवास्ताका कारण ठ’क्कर दिने सवारी कुनै पहुँचवाला व्यक्तिको भएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय दमकले भने खोजी गरिरहँदा पनि नभेटिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले प्रयास गर्दा पनि नभेटिएको बताए । ‘दु’र्घटना नभएको स्थानमा सिसी क्यामेराले पनि क्याच नगर्ने रहेछ । हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘कर कार्यालयको सिसिटिभीले पनि गेटसम्म देखाउने रहेछ । बाटोमा हिँडेको देखाएर । यसमा हामी गम्भीर छौँ । खोजिगरिरहेका छौँ ।’