एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले शनिबार सांझ धकधईमा वि’रोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ । धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरू राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गरलगायतका नारा लगाएका थिए । वि’रोध प्रदर्शन पछि बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । एमाले रोहिणी गाउँपालिका कमिटीका सचिव भोला क्षेत्री (राजाबाबु), राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का इञ्चार्ज अमितकुमार शुक्लाले गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको आ’रोप लगाए ।



