काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायातका साधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतवार बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक गाडीमा यसअघि नै जोरबिजाेर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि आजै बसेको सीसीएमसीसीको बैठकले जोर–बिजाेर हटाउन सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले नयाँ आदेश निकालेर भोलिदेखि जोरबिजोर प्रणाली हटेको जानकारी गराएका छन् ।

यस्तै फागुन १ गतेदेखि विद्यालयलगायतका शैक्षिक संस्था खोल्न पाउने, एक पटकमा ५० जनासम्म प्रवेश गर्ने गरी शपिङ मल खोल्न पाउने, डान्स बार, दोहोरी लगायतका व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने लगायतका व्यवस्था गरिएको छ । जुलुस, सभा, मेला महोत्सव, हाटबजारको प्रतिबन्ध भने कायमै छ ।