काठमाण्डौ – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाज ए ३२० जहाजको बाँयातर्फको इन्जिन फेर्नुपर्ने भएको छ ।

गएको पुस १३ गते काठमाण्डौबाट कतारको दोहा पुगेको जहाज सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । निरीक्षण गर्दा कतार एअरवेजका इन्जिनियरिङ टिमले बायाँतर्फको इन्जिनमा समस्या देखिएकाले इन्जिन फेर्नुपर्ने राय दिएका दिए । इन्जिनको उत्पादनकर्ता PW/IAE सँग निगम व्यवस्थापनले परामर्श लिँदा इन्जिनलाई फेरेर मर्मत गर्नुपर्ने सुझाव इन्जिनियरले दिएका थिए ।

जहाजलाई चाँडो भन्दा चाँडो उडानमा ल्याउनका लागि इन्जिन भाडामा लिन निगमले पुसको २५ गते अन्तर्राष्ट्रिय आह्वान पत्र निकालेको थियो । इन्जिन भाडामा लिन कम्पनी छनाेट गरेर काम अघि बढिरहेको निगमले जनाएको छ ।

यस्तै पुरानो इन्जिन मर्मतका लागि माघ १० गते अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिएको निगमले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय