आवधिक रूपमा देशभित्र भएका नागरिकहरूको गणना गरी यकिन सङ्ख्या निकाल्ने काम हरेक देशले गर्ने गर्छन् । यस कार्यको सुरुवात सर्वप्रथम बेलायतामा चर्चमा हुने घटना अभिलेखको कार्यबाट सुरु भएको पाइन्छ । नेपालमा पनि हरेक दस वर्षमा मानिसहरूको गणना गर्ने गरिन्छ । विसं १९६८ (सन् १९११) देखि नेपालमा पनि जनगणना सुरु भएको र त्यसपछि लगभग प्रत्येक १०–१० वर्षको अन्तरमा हुँदै आएको छ ।

यो वर्षको जनगणना बाह्रौँ तथा सङ्घीय प्रणालीपछिको पहिलो जनगणना हो । २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म प्रत्येक घरपरिवारमा जनसाङ्ख्यिक विवरणहरू लिन गणक खटाइएको थियो । नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागको अगुवाइमा भएको जनगणनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनले जनसङ्ख्यामा आएको परिवर्तनको अवस्था देखाएको छ ।

प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्याको बनोट

प्रारम्भिक नतिजाअनुसार २०७८ मा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो २०६८ सालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो । दस वर्षमा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । विगत दस वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३५ देखिन्छ । जुन अघिल्लो जनगणनामा १.३५५ रहेको थियो ।

कुल जनसङ्ख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र १ करोड ४९ लाख ०१ हजार १६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपालमा बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ०५९ रहेको छ र ती परिवारहरू जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेका देखिएको छ अर्थात् १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखिन्छ ।

हालको परिवार सङ्ख्या दस वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ वटा परिवार थप भएको देखिन्छ ।प्रदेशगत रूपमा जनसङ्ख्याको वितरण सबैभन्दा धेरै जनसङ्ख्या मधेस प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ । यो कुल जनसङ्ख्याको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ ।

७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा ५ हजार ६४५ जनाको बसोबास रहेको छ । २०७८ सालमा सहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा ५८ वटा नगरपालिका रहेको अवस्थामा कुल जनसङ्ख्याको १७.०७ प्रतिशत सहरी जनसङ्ख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसङ्ख्या रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah