इलाम । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ। नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो।

विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो। आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ। नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर विनायक भट्टराईले जानकारी दिए। उनका अनुसार विमानस्थल कालोपत्र भएपछि परीक्षण उडान भएको छैन।

विमानस्थल कालोपत्र गरिनुअघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो। काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज एक घण्टा दुई मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो।

ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ। विमानस्थलको फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यसअघि फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah