झापाको दमकमा आउदो साउन १४ गते बरिष्ठ गायक दिप श्रेष्ठको एकलसाँझ हुने भएको छ । साँझ ६ बजे देखी दमक ८ स्थित कश्मिक पार्टी प्यालेसमा बरिष्ठ गायक श्रेष्ठको एकल सांगितिक कार्यक्रम हुनेभएको हो । 
सप्तरङ्गी एफ.एम र कश्मिक पार्टी प्यालेशले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागिएको एफएमका अध्यक्ष मेहेरमान लिंगदेनले बताए ।
एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराइका अनुसार कार्यक्रमको नाम सप्तरङ्गीसाँझ दिइएको छ । एकहजारको टिकटमा दूइजनाले हेर्न मिल्ने र डिनरको समेत ब्यवस्था रहेको बताइएको थियो ।



