उदयपुरको त्रियुगा नगरपालिका १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दु'र्घटना हुँदा एकजनाको घ'टनास्थलमै ज्या'न गएको छ । २३ जना घा'इते भएका छन् । आहाले रातापानीबाट उदयपुरगढीको नेपालटार धप्पर बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका (७ नागबेलीको जंगलमा दु'र्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दु'र्घटनामा त्रियुगा नगरपालिका–१४ का १९ वर्षीय मिलन मग्रातीको घ'टनास्थलमै ज्या'न ग'एको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । घा'इतेमध्ये तीनजनाको अवस्था ग'म्भीर भएकाले जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको छ । त्रियुगा नगरपालिका–१६ तीनपानेका २६ वर्षीय सागर कोइराला, त्रियुगा नगरपालिका–१६ रातापानीका २२ वर्षीय दिपेन सुयाल, रौतामाई गाउँपालिका–७ राजाबासका १८ वर्षीय सुस्मिता अछामे गम्भीर भएकाले विराटनगर रेफर गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्रियुगा नगरपालिका१६ आहाले रातापानीका बेहुला धिरेन रोक्का, बेहुलाका बुवा चन्द्रबहादुर रोक्का, नइन्द्र रोक्का, किशोर राई, शेरबहादुर मगर, दिनेश कर्माचार्य, जीवन बिक, मिलन बिक, केदार मगर, मोहनबहादुर मगर, भूपाल सार्की, सुनिल मगर, रवीन्द्र मगर, विदुर सार्की, दिवस रोक्का, टंकबहादुर सार्की, लोकबहादुर राई, अमृतबहादुर सार्की, दिलीप रोक्का, प्रदीप रोक्का, दुर्गबहादुर सार्की, मनोज दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको जनाएका छन् ।