झापा– पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा केहीबेर अघिबाट आगलागी भइरहेको छ।

पाँचथरका पत्रकार भीम बाँस्कोटाका अनुसार बजारको बीचमा भएको झरेन्द्र खतिवडाको घरबाट आगलागी सुरु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागी नियन्त्रणका लागि स्थानीयबासी जुटेका छन्। फिदिम नगरपालिकाबाट सञ्चालित दमकल यासोकतर्फ पठाइएको प्रहरीले जनाएको छ।