प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्वय मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द र रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको छ । दोलखामा रहेका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङ्गानाकाे प्रदेश १ प्रहरी कार्यालय र रसुवामा रहेका देवेन्द्र पाण्डेकाे जगेडा पुलमा सरुवा भएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै वृत्त चापागाउँमा रहेका टेकबहादुर कार्की क्षेत्रीको कार्य विभाग र वृत सातदाेबाटाेमा रहेका दिनेश घिमिरेकाे महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा गरिएकाे छ ।