दमक/ झापाको भद्रपुरमा एक व्यक्तिले आज बिहान करिब ५ बजे आफ्नै श्रीमतीको हत्या गरेका छन ।
भद्रपुर वडा नं. १ लाहुरे चौकका ३४ बर्षिय अमर बहादुर तामाङले आफ्नै श्रीमती ३४ बर्षिया अनिता लिम्बूलाई मोबाइल बिगारेको बिषयमा घाँटीमा चक्कु र ढुङ्गा प्रहार गरेर हत्या गरेका हुन । उनको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको छ । तामङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।



