ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन सातापछि उडान नियमित सञ्चालन भएको छ । हिमपातसहित प्रतिकूल मौसमका कारण अवरुद्ध बनेको उडान सोमबारदेखि सुरु भएको हो ।
निरन्तरको हिमपात र वर्षासहित मौसम प्रतिकूल बनेपछि गत माघ १० गते सोमबारदेखि उडान अवरुद्ध बनेको थियो । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूका अनुसार मौसममा सुधार आएसँगै सोमबारदेखि उडान सुरु भएको छ ।
माघ दोस्रो सातापछि जिल्लामा निरन्तर बाक्लो हिमपात भएको र सुकेटार विमानस्थलमा नै हिउँ परेपछि तीन सातासम्म लगातार उडान रद्द गर्नुपरेको स्टेसन इन्चार्ज लिम्बूले बताए ।
उनका अनुसार सोमबार काठमाडौँदेखि १४ जना यात्रु लिएर आएको निगमको टि्वनअटर जहाज ताप्लेजुङबाट १७ जना यात्रु लिएर फर्किएको छ । गोरखापत्र दैनिकमा चन्द्र पन्दाकले खबर लेखेका छन् ।



