(विश्वास दाहाल) काँकडभिट्टा । काँकडभिट्टास्थित आइतबार वाइसिएल मेचीनगर र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा स्थानीयले नगरपालिकाले दमकल मर्मत गर्न नसकेको भन्दै रु ५ आर्थिक सहयोग गरेका छन् । नगरपालिकाको दमकल बिग्रेर थन्केको भन्दै स्थानीयले बनाउन खर्च अभाव भएको हुन सक्ने भन्दै रु ५ का दरले आर्थिक सहयोग संकलन गरेका हुन् ।

आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भएको र आगलागीका कारण पुगेको क्षति दमकल बिग्रेर नबनाउँदाको परिणाम भन्दै स्थानीयले साङ्केतिक विरोध स्वरूप रु ५ का दरले सहयोग रकम जुटाई सोमबार मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेको वाइसिएल मेचीनगर सह-सचिव राजु निरौलाले बताए ।

काँकडभिट्टा बजारमा रहेका पसलहरूमा पुगी दमकल मर्मत बापतको रकम संकलन गरेका थिए । वैचारिक रुपमा शान्तिपूर्ण आन्दोलन गरेर संकलन गरेको रकम मेचीनगर नगरपालिकाका मेयर आचार्यले लिन नमानेपछि सडक अवरुद्ध गरेर विरोधपूर्ण आन्दोलन गर्न पनि पछि नहट्ने अध्यक्ष लम्सालको भनाई छ । विरोधपूर्ण आन्दोलन समस्याको समाधान नहुने भएकोले उक्त सहयोग रकम नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । सो रकम नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाई बुझाइएको अखिल (क्रान्तिकारी) मेचीनगर अध्यक्ष सुसन लम्साल (रुवेन) ले बताए ।

जसको नीति उसैको नेतृत्व भन्ने नारालाई आत्मसाथ गर्दै वाइसिएल मेचीनगर सह-सचिव राजु निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला सदस्य भवेश दाहाल, जिल्ला सह-सचिव अभिजित दवाडी, सह(सचिव अञ्जली राजवंशी, कोषाध्यक्ष आकृति बयलकोटी, नगर सदस्य रोहित राय, रोहित सहनी, धर्मराज कप्पर, वाइसिएल मेचीनगर सह-सचिव कृष्ण ढुङ्गाना, नगर सदस्य विक्रम साम्सोहाङ, वाइसिएल मेचीनगर-११ वडा अध्यक्ष दीपक राई, वाइसिएल मेचीनगर-६ वडा अध्यक्ष अभिषेक दवाडीलगायतको उपस्थिति रहेको कार्यक्रममा सञ्चालन अखिल (क्रान्तिकारी) नगर सचिव कसिस भण्डारीले गरेका थिए ।
कार्यक्रम सफलताका लागि स्थानीय युवाहरू निर्दोष गौतम, सञ्जय तामाङ, मन्दिप मैनाली, मन्जिल राईलगायतको सक्रिय सहयोग रहेको थियो ।
दमकल नभएकै कारण बढी क्षति भएको भन्दै मेचीनगरका युवाहरूले समेत आइतबार विरोध जनाएका थिए । उनीहरूले नगरपालिकाको लाचारी भन्दै नाराबाजीसहित नगरपालिकामा ताला र सडक अवरुद्ध गरेका थिए ।
काँकडभिट्टास्थित भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भएको र आगलागीबाट करोडौँको क्षति भएको थियो । आगो निभाउन ढिलो गरेर बिर्तामोडको दमकल आइपुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah