रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । उनीहरुलाई बुटवलको बसपार्क लगायतका स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोर्चामा सहभागी नेता–कार्यकर्ता रहेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बन्दकर्ताले तोडफोड नगरुन् भनेर सडकमा सुरक्षाकर्मी परिचालन गरिएको बताए । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु बिहानैदेखि सुनसान छन् । बसपार्क पनि सुनसान छ