बाँके । बाँकेमा फेरि बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

घास दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा शनिबार बिहान मृत्यु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो।

चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो।

चलाउनेलाई बाघले घिसारेर लगेको थियो। उनको शव १० बजेतिर फेला परेको थियो।

बाँकेमा असोजयता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।