काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नुभएकाे छ । भक्तपुरमा सुर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले छाडेर समाजवादी र माओवादीमा गएका आफ्ना पुराना सदस्यहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभएकाे हाे ।

यस्तै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्वार्थी गठबन्धनको संज्ञा दिदै अबको चुनावमा पराजित हुने पनि बताउनुभएको छ । ओलीले चुनावमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी गर्दै चुनावमा नागरिकको मतलाई खोस्न नदिने गरी अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । उहाँले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाउनु भयो ।

उहाँले सरकारको आयू बढीमा एक वर्ष मात्रै रहेको भन्दै अबकाे एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने दाबी गर्नुभयाे ।

‘संसारभरिका जोतिषीलाई एकै ठाउँमा राखेर सोध्यो भने पनि यो सरकारको आयु बढीमा एक वर्ष नै हो भन्छ । त्यसैले नेकपा एमालेका आउनुस, देश बनाउने अभियानमा लागौं’, अध्यक्ष ओलीले भन्नुभयाे । उज्यालो अनलाइन बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah