सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेकाे छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आ’क्रमण गरेको हो । स्यालको टाेकाईबाट १५ जनाभन्दा बढी घा’इते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आ’क्रमणबाट बालबालिका र वृद्धवृद्धा समेत घाइते भएका छन्

एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आ’क्रमण गरी टाेकेर घाइते बनाएकाे विष्णु गाउँपालिका वडा नम्बर-२, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औँला खाइदिएको छ । यस्तै घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।

बाँकी घाइतेकाे जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घ’टनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आ’क्रमण गर्न सक्ने आशंकामा स्थानीय त्र’सित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय