नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ ।कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् भन्ने हल्ला चलाइएको छ |

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हामी पार्टीले जे निर्णय गर्छ, त्यही हाम्रो अन्तिम निर्णय हुनेछ, हामी आफूखुशी केही गर्नेवाला छैनौँ ।”यसैगरी मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागि आफू लागि परेको जानकारी दिनुभयो । धनगढी विमानस्थलसहित देशैभरिमा रहेका विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय हरहमेशा लागिपरेको उहाँको भनाइ थियो ।