कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ ।बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चुरे गाउँपालिका-५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ गरेको हो ।

जाग्रीको घरमा खानतलासी गर्दा १२ पोका कालो प्लाष्टिकमा बेरेको अवस्थामा लागुऔषध (चरेस) बरामद गरिएको प्रहरीले जनाएको छ ।उनलाई इलाका प्रहरी कार्यालय मालाखेतिमा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय