काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी ओली निवास बालकोट पुग्नुभएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएको हो।
कांग्रेसका केही शीर्ष नेतासहित प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभएकाे छ ।
शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा प्रतिपक्षी दल र गठबन्धनका नेतासँग छलफलमा व्यस्त रहुनभएकाे छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पास गर्ने विषयमा प्रधानमन्त्रीले छलफल केन्द्रित गर्नुभएको छ। एमसीसी पास गरेर गठबन्धन जोगाउने प्रयासमा शुक्रबार दिनभर प्रधानमन्त्री छलफलमा सहभागि हुनुभएको बताइएकाे छ।



