एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

एमसिसीको विरोधमा आज ४० भन्दा बढी राजनीतिक दल प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले प्रदर्शनलाई नियन्त्रण लिन नसक्दा २ बजेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बन्दै गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले व्याख्यात्मक टिप्पणीसहित आजै एमसिसी पारित गर्ने तयारी गरेपछि प्रदर्शनकारीले प्रदर्शनलाई उग्र बनाउँदै लगेका हुन् ।

आक्रामक बन्दै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रहरीले लाठी चार्ज गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।