काठमाण्डाै - नयाँ बानेश्वर संसद् भवन अगाडिकाे मुख्य सडकमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ ।

संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे।

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।