झापा, फागुन १९: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते गृह जिल्ला झापा आउदैछन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार उनी बिर्तामोड, अर्जुनधारा र कमलमा विभिन्न कार्यक्रममा सहभागी हुने छन् । भद्रपुर विमानस्थलबाट ओलि साढे ८ मा सालबारी सहिद पार्कमा शालिकमा माल्यार्पण र संक्षिप्त कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि दमकमा खाना खाएर एसियाली विकास बैंकको सहयोगमा रतुवा मावा नदि नियन्त्रण कार्यकाे कमल ६ मा शिलान्यास गरेर उनी बिर्तामोडमा प्रेस चाैतारीकाे प्रदेश अधिवेशनलाई सम्बाेधन गर्ने छन् । लगत्तै खेलकुद महासंघको प्रदेश स्तरीय कार्यक्रममा सहभागी भएर ओलिले झापा गाेल्डकपकाे समेत उद्घाटन गर्ने ढुङ्गेलले जानकारी दिए ।
फागुन २१मा झापा आउदै ओली, आधा दर्जन कार्यक्रममा सहभागी हुने
सवाल नेपालसंवाददाताबिहीबार, १९ फागुन २०७८

फागुन २१मा झापा आउदै ओली, आधा दर्जन कार्यक्रममा सहभागी हुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



