काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा संसद विघटनको विकल्प नरहेको बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो समयदेखि संसद अवरुद्ध रहेकोले नयाँ विकल्पमा जानुपर्ने अवस्था आउनसक्ने बताउनुभएको हो । नयाँ जनादेशमा जाने एउटा विकल्प रहेको उहाँको भनाइ थियो । निरन्तर संसदमा अवरोध हुन नसक्ने भन्दै उहाँले प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्पमा जानुपर्ने धारणा राख्न्ुभयो ।

अध्यक्ष दाहालले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको पनि बताउनुभयो ।

एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेकोले अब गठबन्धन चुनावसम्मै जाने निश्चित भएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले देशको राष्ट्रिय राजनीति फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने भयलाई आफूहरुले परास्त गरेको दाबी समेत गर्नुभयो । एमसीसी पास गर्ने शर्तमा भने गठबन्धन नबनेको उहाँको भनाई थियो । अध्यक्ष दाहालले समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता पाएको र ब्याख्यात्मक घोषणा सहित एमसीसी पास भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah