काठमाडौं । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमले सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।

सम्भावित कार्यसूचीमा वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ। कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुने उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठ आइतवार अपरान्ह १ बजे बस्ने छ भने बैठक अघि बिहान साढे ११ बजेका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बाेलाउनुभएकाे छ ।