काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१७ वर्षीया किशोरीले आफूमाथि पटक–पटक बलात्कार र यौन दुव्र्यहार भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।