काठमाण्डाै – ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गएको छ ।
ललितपुरको कोञ्ज्याेसोम गाउँपालिका-४ नल्लुका काइँली स्याङ्तानको परिवारका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना बेहोस भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु आज बिहान बेहोस भएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहाकाअनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहाेस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



