काठमाडौँ- अभिनेत्री रेखा थापाविरुद्ध युट्युबमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

रेखा थापालाई युट्युबमार्फत गालीगलौज गरेको भन्दै उनकी दिदी तारा थापाले प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही उजुरीका आधारमा काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई पक्राउ गरेर सोधपुछ गरिरहेको साइबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले बताए।

अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिग किशोरीको पक्षमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी अभिनेत्री थापाप्रति गालीगलौज गर्दै एवान मिडियाको नाममा युट्युबमा सामग्री प्रसारण गरिएको थियो।

साइबर ब्युरोले उक्त मिडिया दर्ता भए/नभएको जानकारी दिनसमेत प्रेस काउन्सिलमा पत्राचार गरेको छ। देश संचार बाट