दमक/ दमकमा सम्पन्न प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधी काठमाडौंको ह्वाङवाङजी न्यू डायमण्ड स्पोर्टस क्लवले जितेको छ । मंगलबारको खेलमा विभागीय टोली त्रिभूवन आर्मीलाई वेष्ट अफ फाइफमा पराजित गर्दै डायमण्डले उपाधीमाथि कब्जा जमाएको हो । उपाधीसंगै विजेता टिमले नगद २ लाख रुपैयाँ राशी पुरस्कार हात पारेको छ भने उपविजेता ( दोश्रो हुने टिम)ले नगद १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै तेस्रो स्थानका लागि विभागीय टोली नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई हराएको छ । १– ३ सेटको अन्तरमा प्रहरीले जिता निकालेको हो । तेस्रो स्थान ओगटेको नेपाल प्रहरीको टिमले ५० हजार र सान्तवना हुनेले २५ हजार नगद पाएका छन् । विजयी टीमहरुलाई प्रदेश प्रदेश सभा सदस्य तथा तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी लगायतले पुरस्कार प्रदान गरेका छन । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी त्रिभूवन आर्मीकी संगम महत्तो घोषित भइन यस्तै विजयी न्यूडायमण्डबाट उत्कृष्ट लिफ्टर, सर्भर, लिविरो र व्लकरमा क्रमशः प्रगती नाथ, प्रतिमा माली, सलिना श्रेष्ठ र बाल्मिका आचार्य घोषित भएका छन् । यस्तै उत्कृष्ट स्पाइकरमा नेपाल प्रहरीकी कामना विष्ट र कोचमा डायमण्डका कुमार राई घोषित भई नगद ५ र १० हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दमक नगरपालिका खेलकुद समितिको आयोजनामा दमकमा पहिलो पटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah